Wednesday, March 24, 2021

शुक्रबार हुने टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सर्लाही एकेडेमी र लक्ष्मी-२ बिच हुने



लोकतन्त्र समाचारदाता---

मलंगवा, चैत ११

    सर्लाहीको मलंगवामा जारी खुल्ला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रवार हुने फाइनल खेल सर्लाही एकेडेमी र लक्ष्मी-२ बिच हुने भएको छ ।आज सम्पन्न  दोस्रो सेमीफाइनल खेलमा सनराइज मदनपुरलाई ५ विकेटले पराजित गर्दैफाइनलमा प्रवेश गरेका लक्ष्मी-२ र मंगलबार सम्पन्न पहिलो सेमीफाइनल खेलका बिजेता सर्लाही एकेडेमी बिच फाइनल खेल हुने आयोजक दुर्गा पुजा समिति जिल्ला विकास चोक मलंगवा १० ले जनाएको छ ।

        तिनबिघे मैदानमा जारी उक्त प्रतियोगितामा टस हारेर पहिले व्याटिङ गरेको मदनपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएका थिए । मदनपुरका लागि लाडला शेखले सर्बाधिक ४३ रन बनाएका थिए । लक्ष्मी दुईका लागि शिवम कुमारले सर्बाधिक ३ विकेट हात पारेका थिए । १ सय ६८ रनको लक्ष्य पच्छयाउन आएका लक्ष्मी दुईले १७ ओभरमा ५ विकेट गुमाउँदै जित हासिर गरेका थिए । 

    त्यस्तै लक्ष्मी दुईका लागि कन्हैया कुमारले सर्बाधिक ४६ रन बनाएका थिए । मदनपुरका लागि कादिर खानले सर्बाधिक ३ विकेट लिएका थिए ।

      दोस्रो दिनको खेलमा  म्यान अफ द म्याच भएका  लक्ष्मी-२ का खेलाडी कन्हैयालाई आयोजक समितिका सदस्य समिर मिकरानीले ट्रफी प्रदान गरेका छन् ।



No comments:

Post a Comment