Monday, March 15, 2021

विजडम कोचिङ क्रिकेट टिमद्वारा ढाका बोर्डर टिम ९ विकेटले पराजित


लोकतन्त्र समाचारदाता---

मलंगवा,चैत २

      सर्लाहीको मलंगवामा जारी खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको छैठौं दिनको खेलमा मलंगवाको विजडम कोचिङ क्रिकेट टिम ९ विकेटले विजयी भएको छ । 

     दुर्गा पुजा समिति जिल्ला विकास चौकले मलंगवा १० स्थित तिनबिघे मैदानमा आयोजना गरेको खेलमा ढाका बोर्डर क्रिकेट टिमलाई विजडम विजयी भएको आयोजक समितिका सदस्य समिर मिकरानीले जानकारी दिएका छन्। 

    टस जितेर व्याटिङ गरेका ढाका बोर्डरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २५ रन बनाएका थिए । २९ रनमै ४ विकेट गुमाएका ढाका बोर्डरलाई सम्मान जनक स्कोर दिलाउनका लागि संजय सिंहले सर्वाधिक रन बनाएका थिए । सिंहले ३३ बलमा ४२ रन बनाउँदै टिमलाई १ सय २५ सम्म पूर्याएका थिए । ढाका बोर्डरलाई १ सय २५ मै सिमित राख्ने क्रममा विजडमका नेहमत खानले ३ विकेट हात पारेका थिए । 

  १ सय २५ रनको लक्ष्य पच्छयाउन आएका विजडमले ८.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेका थिए । भारतीय खेलाडीले भरिएका विजडमले सुरुवातदेखि नै चौका छक्का लगाएका थिए । विजडमका लागि रंजित कुमारले २५ बलमा ६६ रन बनाएर नट आउट रहेका थिए । रंजितले ६ छक्का र ७ चौका प्रहार गरेका थिए । ढाका बोर्डरका लागि एक मात्र विकेट रुपेश सिंहले लिएका थिए । 

खेलको म्यान अफ द म्याच रंजित कुमारलाई प्रदान गरिएको थियो । रंजितले ६६ रन बनाउनुको साथै २ विकेट समेत लिएका थिए । रंजितलाई आयोजक समितिका कोषाध्यक्ष साजन जयवालले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए ।

भोलिको खेल सर्लाही एकेडेमी मलंगवा र सिसौटिया क्रिकेट टिम हुने आयोजक समितिका सदस्य समिर मिकरानीले जानकारी दिएका छन् । 

प्रतियोगिताको विजेतालाई नगद रु एक लाख र उपविजेतालाई नगद रु ५० हजार प्रदान गरिने छ ।


No comments:

Post a Comment