Friday, March 26, 2021

मलंगवामा टाउको काटेर हत्या गरेको आरोपमा एक नेपाली र एक भारतिय नागरिक पक्राउ

"आर्थिक लेनदेन  र आरोपितको छोरीहरुलाई ‘गलत नजर’ लगाएको प्रहरीको प्रारम्भिक अनुसंधानमा खुलेको छ"


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १३

   सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-९ स्थित टावर चौक नजिक पचगछिया चौरीमा टाउको काटेर बीभत्स ढंगले  हत्या गरिएको मलंगवा नपा -१० का ३० वर्षीय सुशील रायको हत्याको आरोपमा प्रहरीले दुइजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मलंगवा नपा-९ बस्ने ४५ वर्षीय कमल पण्डित उर्फ विमलकान्त पाठक र ४० वर्षीय अशोक झा रहेका छन् ।आरोपित झा भारतिय नागरिक हुन ।

     वुधवार रातीदेखि बेपत्ता रहेका सुशीलको शव  बिहिवार बिहान टाउको काटेर हत्या गरिएको अवस्थामा मलंगवा-९ स्थित खेतमा फेला परेको थियो ।

    प्रहरीका अनुसार भारतीय नागरिक अशोक लामो सयमदेखि मलंगवामा बस्दै आएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र आरोपी लागू औषध प्रयोगकर्ता भएको पाइएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह  राठौरले बताए । बुधवार साँझ उनीहरु सँगै बसेर लागूऔषध सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कमल र मृतकको आर्थिक लेनदेन रहेको र आफ्ना छोरीहरुलाई ‘गलत नजर’ लगाएको आरोपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कमलका चारजना छोरीहरु छन् ।

    मृतक सुशीलको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६१ मिटर पूर्व टाउको भेटिएको प्रहरीले जनाएको छ ।

    मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पछि  बिहिवार रातीनै आफन्तले बुझेर लगिसकेको प्रहरीले जनाएको छ  ।


No comments:

Post a Comment