Monday, March 8, 2021

संसारलाई सुन्दर बनाउन महिला र पुरुष दुवैको समान भुमिका रहेको उपमेयर अंशु देवी सिंहको भनाइ

 



नवाब अली--

रौतहट ,फाल्गुन २४

    संसारलाई सुन्दर बनाउनका लागि महिला र पुरुष दुवैको समान भुमिका रहेको राजदेवी नगरपालिकाकी उपमेयर अंशु देवी सिंहले धारणा राख्नु भएको छ ।१११ औं महिला दिवसको उपलक्ष्यमा आज(सोमबार )रौतहटको राजदेवी नगरपालिका-७ स्थित श्री नेमधारी बासुदेव नमुना माविमा आयोजित अन्तरक्रिया कार्यालयमा बोल्दै  उहाँले यस्तो धारणा राख्नु भएको हो ।

    उहाँले समान हकअधिकार र नेतृत्वका लागि एकअर्काको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।महिला दिवसलाई कागज र कार्यक्रमहरुमा मात्र सिमित नराखि समाजमा विध्यमान महिला हिंसा, अराजकता,असमान अधिकार ,शिक्षा,स्वास्थ्य सम्बन्धि लगायतका समस्याहरु सबैजना मिलेर समाजबाट हटाउनुपर्ने बताउनुभयो ।

    महिला दिवस राजदेवी नगरपालिका

सहित जिल्लाका सबै स्थानीय तहहरुमा र्याली,जुलुस , अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरि मनाइएको छ ।

No comments:

Post a Comment