Thursday, March 4, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदाई गर्नुपर्छ–पुर्व मन्त्री गगन थापा

--:गगन थापाको तीन दिने सर्लाही बसाइ:--



बखतियार अलि---

सर्लाही ,फाल्गुन २०

     प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाई गर्नुपर्ने नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले बताउनु भएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपती बिधादेवी भण्डारीलाई प्रयोग गरि संसद बिघटन गरि  पछि सर्वोच्च अदालतलाई पनि आफनो अनुकुल बनाउन असफल भएपछि प्रधानमन्त्रीले आफनो सबै शक्तिलाई निर्वाचन आयोग माथि परिचालन गर्नु भएको बताउँदै निर्वाचन आयोग एक प्रकारले प्रधानमन्त्रीको सेवा गरि रहेको आरोप लगाउनु भयो ।    निर्वाचन आयोगले नेकपा पार्टी कसको हो भन्ने निर्णय गर्न नसक्दा प्रधानमन्त्री ओली अहिले पनि आफु दुईतिहाइ बहुतको सरकार रहेको दाबी गरिरहनु भएको छ । निर्वाचन आयोगले निर्णय नदिँदा प्रधानमन्त्रीले नेकपा नफुटेको भनिरहेको छ । आयोगकै कारण प्रधामन्त्रीले संसदलाई बन्धक बनाउने प्रयासहरु गरिरहेको नेता थापाले बताउनु भयो । राज्यलाई निकास दिन कांग्रेस पार्टी एउटा बटम लाईन बनाएर अगाडी बढनुपर्छ । कांग्रेस पार्टीले अबको समयमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई कुनैपनि हालतमा स्विकार गर्नु नहुने वहाले उदघोष गर्नुभयो । 

   ३ दिने सर्लाही बसाईको क्रममा नेता थापाले आज प्रेस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकारसंगको साक्षात्कार कार्यक्रममा उहाँले यावत कुराहरु बताउनु भयो ।  सर्लाहीको बसाइको क्रममा  नेता थापाले करिब ३५ भन्दा बढि कार्यकर्ता भेला, सभा, पार्टी प्रवेश जस्ता कार्यक्रममा प्रमुख अतिथी बनेर विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हजारौं मानिसहरुलाई फुलमाला अबिर लगाएर पार्टी प्रवेश  गराउनु भएको छ । 

   कांग्रेसका प्रखर  बक्ता तथा युवा नेता गगन थापा आउने भएपछि कांग्रेस पार्टीका सबै कार्यक्रमहरुमा मानिसहरुको बाक्लो उपस्थिति देखिएको थियो ।

   कार्यक्रममा सर्लाही कांग्रेसबाट निर्वाचित प्रदेश नं. २ का सांसदद्धय  विरेन्द्र सिंह र उपेन्द्र कुशवाहाले जनता समाजवादीले चलाई रहेको प्रदेश नं. २ सरकार मधेश सरकारको नाममा मधेशी जनतालाई लुटने काम मात्र गरिरहेको आफनो मन्तव्यमा आरोप लगाएका छन्  । प्रदेश नं. २ सरकारमा अहिले सम्मकै ठुलो भ्रष्ट सरकार रहेको प्रदेश सांसदद्धयले जिकिर गरे । कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापती नागेन्द्र कुमार रायले भने अब हुने निर्वाचनमा नेपाली कांग्रेस दुईतिहाइ बहुमतबाट विजयी हुने दाबी गर्नुभयो ।

यसैगरी मन्तव्यकै क्रममा  जिल्ला उपसभापती रामबली रायले सर्लाही जिल्लालाई कांग्रेसमय बनाउन हामी सबैजना  आपसी मनमुटावलाई त्यागी एक ढिक्का बनेर अगाडी बढनुको बिकल्प नरहेको बताए ।

    कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित मलंगवा नगरपालिकाका मेयर निरसल साह, उपमेयर शान्ति मिकरानी लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जनता समाजवादी पार्टी तथा नेकपा पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्ने  हजार भन्दा बढी जनताहरुलाई नेता थापा आफै फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

No comments:

Post a Comment