Monday, March 8, 2021

१११औं अन्तराष्ट्रिय नारी दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो

 


राजिव साह---

सर्लाही ,फाल्गुन २४

    १११औं अन्तराष्ट्रिय नारी दिवस सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

``महिलाको सुरक्षा , सम्मान र रोजगार समृद्ध  नेपालको आधार´´ भन्ने मूल नाराका साथ  यो दिवस मनाइएको हो ।

नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् ।

  सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयकाविरुद्ध सडकमा आन्दोलन गरेका थिए ।

दिवसको अवसरमा  सोमबार सदरमुकाम मलंगवामा महिला अधिकारकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, महिला संजालका सदस्यहरु महिला हिंसा सम्बन्धि विभिन्न जनचेतनामूलक नाराहरु लेखिएको  प्लेकार्ड सहित नगरपरिक्रमा गरेका थिए  ।

      यसैगरी दिवसको अवसर पारेर जिल्ला

समन्वय समितीको सभाहलमा महिला समुह संजालको संयुक्त  आयोजनामा अन्तरक्रिया कार्यक्रमको समेत गरेका थिए । 

जिल्ला समन्वय समिती सर्लाही उपसभापति जमुना पराजुलीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर प्रमुख निरसल साह, जनस्वास्थ्य प्रमुख श्रवणकुमार नायक , महिला अन्तरपार्टी संजालकी उपाध्यक्ष लक्ष्मी सिंह महिला शान्ति सेवाकी बिनिता बराल, बागमती सेवा समाज नेपाल सन्तोषी थापा लगायत  महिला अधिकारकर्मी तथा  सरोकारवालाहरुको सहभगिता रहेको थियो ।

No comments:

Post a Comment