Sunday, March 14, 2021

सुरक्षित सिकाइका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १

     शिक्षा पत्रकार समाज ,भिएसओ र आसमान नेपालको साझेदारीमा सर्लाहीको सदरमुकाम मलंगवामा विद्यालयमा सुरक्षित सिकाइ सम्बन्धि सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

     आइतवार आयोजना भएको कार्यक्रममा प्रेरणाले मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकामा संचालन गरेको सुरक्षित सिकाई सम्बन्धि अभियानको बारेमा जानकारी गराउनुको साथै  त्यसबाट प्राप्त सफलताको बारेमा सरोकारवाला निकाय बिच छलफल गरिएको थियो ।

    मलंगवा स्थित जानकी फैमिली पार्टी पैलेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश न-२ का सांसद एवं प्रदेश मामिला सभापति अशोक यादव,विशिष्ट अतिथि नगर प्रमुख निरसल साह, ब्रम्हपुरी माविका प्रअ रामेश्वर यादव, लगायत विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

  कार्यक्रमको अध्यक्षता शिक्षा पत्रकार समाजका केन्द्रीय सचिव मैया त्वातावास मतिनाले गर्नु भएको थियो ।


No comments:

Post a Comment