Friday, March 12, 2021

लैंगिक हिंसा निवारण तथा समानता सम्बन्धि कोषको विषयमा सरोकारवाला बिच सम्वाद गरियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २८

   नेपालको लैंगिक हिंसा निवारण तथा लैंगिक समानता सँग सम्बन्धित विभिन्न कोषहरुको प्रभावकारी कार्यान्वयनको विषयमा सर्लाहीको सदरमुकाम मलंगवामा सरोकारवालाहरु सँग सम्वाद गरिएको छ ।

   हिमाल इनोभेटिभ डेभलपमेन्ट एण्ड रिसर्च प्रा.लि को आयोजना तथा स्वीस सरकार विकास सहयोग एसडिसि सँगको सहयोगमा मलंगवा नगरपालिका वडा न-८ स्थित कुसुम पार्टी पैलेसमा नीति सम्वाद कार्यक्रम मार्फत लैंगिक समानता सम्बन्धि कोषहरु कसरी प्रभावकारी बनाउन सकिन्छ भनी सरोकारवाला ब्यक्ति तथा निकायहरु सँग छलफल गरिएको हो ।

महिलाको मानवअधिकार सुदृढीकरण गर्न नेपाल सरकारले महत्त्वपूर्ण ऐन,कानुनहरुको निर्माण तथा कार्यान्वयन गर्नुका साथै संस्थागत संरचनाहरुको व्यवस्था गरेकोले लैंगिक हिंसा प्रभावितले पाउने क्षतिपूर्ति ,आवास,कानुनी सहायता र मनोबैज्ञानिक परामर्श जस्ता अन्य आवश्यक सेवाहरु सुनिश्चित गर्न कोषहरु आधारभूत संयन्त्रहरु रहेको आयोजक संस्थाकी कार्यक्रम संयोजक अल्का श्रेष्ठले बताउनुभयो ।सोही महत्त्वपूर्ण विषयमा चर्चा गर्न सम्बादको आयोजना गरिएको उनले बताए ।

    कार्यक्रममा मलंगवा नपाका मेयर

निरसल साह,उपमेयर शान्ती सबनम मिकरानी, सहायक प्रजिअ ,यु एन एफ पी ए का कार्यक्रम संयोजक बच्चालाल महतो,महिला सेवा केन्द्रकी कार्यक्रम संयोजक बनिता कार्की  मनपाका वडा अध्यक्षहरु र मनपा बाहिरका पालिकाका उपमेयरहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment