Friday, March 19, 2021

सर्लाही ट्राफिकले एक महिनामा २० लाख राजश्व संकलन गरे

 




मनोज यादव---

सर्लाही ,चैत ६

     सर्लाही ट्राफिक प्रहरीले फाल्गुन  महिनामा झण्डै २० लाख रुपैया  बढी राजश्व संकलन गरेको छ । नेपाल सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाइ गरिने जरिवानामा वृद्धि गरेपछि राजश्व संकलनमा बढोत्तरी हुन थालेको हो ।

     सर्लाही जिल्लाको  विभिन्न क्षेत्रको विभिन्न ठाउँमा सवारी साधन चेकजाँच गर्ने क्रममा २ हजार सवारी साधनमाथि कारबाही गरेर १९ लाख ९८ हजार रुपैया असुल गरिएको जिल्ला  ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख  ट्राफिक प्रहरी निरीक्षक केदारमान दोङ्गले बताए ।

    उनका अनुसार फाल्गुन महिनामा सबैभन्दा बढी ८ सय ६२ वटा ट्रक कारबाहीमा परेको हो । ट्रकमाथि कारबाही गरेर ११ लाख ४७ हजार ५ सय रुपैया असुल गरिएको छ ।उक्त एक महिनाको अवधिमा  बस ४९, कार,जिप,भ्यान ३१३, ट्याक्टर १८५, मोटरसाइकल १५१ र अन्य ४० वटा सवारीसाधनहरु कारबाहीमा परेको प्रनी दोङ्गले बताए ।



No comments:

Post a Comment