Thursday, March 25, 2021

ट्याक्टर चोरी गरेर लाँदै गरेको गिरोह पक्राउ



लोकतन्त्र समाचारदाता--

सर्लाही ,चैत १२

   सर्लाहीमा ट्याक्टर चोरी गर्ने ५ जना चोरको गिरोहलाई सर्लाही  प्रहरीले  पक्राउ गरेको छ। 

     जिल्लाको हरिवन नगरपालिका वडा न-११ स्थित बासाटोलबाट स्थानीय  भिम बहादुर कटुवालको सोमबार राती  चोरी गरेर लगेको ना ७ त ४१४३ नम्बरको ट्याक्टरसहित ५ जना चोरहरुलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी मदन कुवँरका  अनुसार ट्याक्टर चोरी भएको खबर पाउनासाथ सम्पूर्ण प्रहरी युनिटलाई खोजतलासमा लगाएको र खोजतलासको क्रममा  बलरा नगरपालिका वडा न-७ स्थित अर्नाहामा फेला परेको छ ।

    चोरीको ट्याक्टर सहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसंधान अगाडि बढाएको  जिल्ला प्रहरी

कार्यालय सर्लाहीले जनाएको छ।

No comments:

Post a Comment