Tuesday, March 9, 2021

कोभिड-१९ को समयमा अग्रपंक्तीमा खटिएका महिलाहरु सम्मानित

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गु

न २५

    D1 Edutainment ले कोभिड-19 को विषम परिस्थितिमा सर्लाहीका  आम नागरिकमा स्वास्थ्यको प्रत्याभुती दिलाउन अग्रपंक्तिमा खटिएका  महिला जनप्रतिनिधि, महिला स्वास्थ्यकर्मी , महिला संचारकर्मी, महिला सुरक्षाकर्मी लगायत विभिन्न संघ सस्थामा आवद्ध महिला सामाजिक अभियन्ताहरुलाइ हौसला स्वरुप सम्मान गरिएको छ ।

  १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला  दिवसको अवसर पारेर हरिवन नगरपालिका स्थित मफिल होटेलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि उपमेयर रेनुका पौडेलले मायाको चिनो सहित खाँदा ओढाएर उहाँहरुलाई सम्मान गर्नुभएको हरिवनकी रेडियोकर्मी एवं महिला संचारकर्मी रिना आलेले जानकारी गराएको छ ।

No comments:

Post a Comment