Tuesday, March 23, 2021

खुल्ला टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा सर्लाही एकेडेमी पुगे


लोकतन्त्र समाचारदाता--

सर्लाही,चैत्र १० 

     सर्लाहीको मलंगवामा जारी खुल्ला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा गढीमाई जमुनियालाई ८ विकेटले पराजित गर्दै सर्लाही एकेडेमी मलंगवा फाइनलमा प्रवेश गरेका छन् ।

    दुर्गा पुजा समिति जिल्ला विकास चौक मलंगवा-१० ले तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगिताको आज भएको पहिलो सेमीफाइनल खेलमा  टस जितेर पहिले व्याटिङ गरेको गढीमाई जमुनियाले निर्धारित २० ओभरको खेलमा १८.१ ओभरमा अलआउट हुदैं १ सय ५ रन  बनाएका थिए । गढीमाईका लागि इर्शाद खानले सर्बाधिक २० रन बनाएका थिए । गढीमाईलाई सस्तोमै समेट्ने क्रममा सर्लाही एकेडेमीका तुषार कुमारले ४ विकेट लिएका थिए । 

    १ सय ६ रनको लक्ष्य पच्छयाउन आएका सर्लाही एकेडेमीले ८.१ ओभरमै २ विकेट गुमाउँदै जित हात पारेका थिए ।  सर्लाहीका लागि नजारेले नटआउट ५८ रनको पारी खेलेका थिए । २५ बलको सामना गर्दै नजारेले ५ छक्का र ३ चौका प्रहार गर्दै टिमलाई जिताएको आयोजक समितिका सदस्य मुकेश प्रजापतिले जानकारी दिएका छन् । नजारेसगैं ओपनिङ्ग गर्न आएका हैदरले पनि २३ बलमा ४७ रन बनाएका थिए । गढीमाईका लागि कोपीकान्तले मात्र २ विकेट लिएका थिए । 

   खेलको म्यान अफ द म्याच सर्लाहीका लागि ४ विकेट लिने खेलाडी तुषार कुमारलाई प्रदान गरिएको छ । तुषारलाई आयोजक समिति अध्यक्ष रामकेवल रायले ट्रफी प्रदान गरेका छन् । 

बुधवार हुने दोस्रो सेमीफाइनल खेलमा लक्ष्मी दुई मलंगवा र सनराइज मदनपुरका बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल शुक्रवार हुने भएको छ ।

    प्रतियोगिताको बिजेता टिमलाई नगद रु १ लाख र उप बिजेतालाई नगद रु ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


No comments:

Post a Comment