Sunday, March 7, 2021

तेस्रो चरण अन्तर्गत सर्लाहीको ११ वटा पालिकामा कोरोना खोप लगाउन सुरु




राजिव साह---

सर्लाही ,फाल्गुन २३

     देशभर सहित सर्लाहीमा पनि  तेस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ ।पहिलो र दोस्रो चरणको खोप अभियान सम्पन्न भइसकेको छ।  तेस्रो चरणको खोप अभियान (आइतवार)२३ गतेबाट संचालन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

   तेस्रो चरणमा ६५ वर्ष भन्दा माथिका ब्यक्ति सहित पहिलो चरण र दोस्रो चरणमा छुटेका ब्यक्तिहरुले यो खोप लगाउन सक्ने कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार  सर्लाहीको मलंगवा,कबिलासी,इश्वरपुर,बरहथवा,पर्सा ,बागमती ,चन्द्रनगर,हरिवन,हरिपुर्वा,लालबन्दी र ब्रहमपुरी स्वास्थ्य चौकीहरु मार्फत खोप लगाइदै छ । जिल्लामा एक लाख ११ हजार जनाले खोप लगाउने  स्वास्थ्य कार्यालय प्रमुख श्रवण कुमार नायकले बताए ।

   यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोपको पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्दछ ,जनस्वास्थ्य प्रमुख नायकले बताए ।

No comments:

Post a Comment