Monday, March 8, 2021

खुल्ला T- 20 क्रिकेट प्रतियोगिता भोली(मंगलबार)देखि मलंगवामा सुरु

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २४

    "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ सर्लाही सदरमुकाम मलंगवामा (भोली) मंगलवारदेखी खुल्ला T- 20 क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।

    मलंगवा वडा न- १० स्थित तीनबिघे मैदानमा आयोजना हुने उक्त  प्रतियोगितामा जिल्लाको १६ ओटा टिमको सहभागिता रहने आयोजक समितिका सदस्य समीर मिकरानीले जानकारी दिएका छन । १५ दिन सम्म चल्ने प्रतियोगिताको पहिलो दिन मलंगवा  योङ स्टार र गम्हरिया टिम बिच प्रतिष्पर्धा  हुने मिकरानीले  बताए । 

   प्रतियोगिताको बिजेता टिमलाई कप, मेडल, प्रमाणपत्र सहित नगद रु एक लाख र उपबिजेता टिमलाई कप, मेडल, प्रमाणपत्र सहित नगद रु ५० हजार प्रदान गरिने छ ।यसैगरी  प्रतियोगितको उत्कृष्ट ब्याट्स म्यान, बलर, विकेट किपर र फिल्डिरलाई चाँदीका मेडल सहित नगद पुरस्कार प्रदान गरिने मिकरानीले जनाएको छ ।

No comments:

Post a Comment