Sunday, March 7, 2021

इश्वरपुरमा श्रीमतीले आफ्नै श्रीमानको अंडकोष फुटायो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २३

     सर्लाहीको इश्वरपुर नगरपालिकामा अंशबन्डाको विषयलाई लिएर श्रीमान श्रीमती बिच झगडा हुँदा श्रीमतीको कुटाइबाट श्रीमान गम्भीर घाइते भएको छ ।

    सनिवार साँझ ३ बजे तिर इश्वरपुर नपा-१५ मुस्लिम टोल निवासी ६० वर्षीय श्रीमान जोगी साह र ४५ वर्षीया श्रीमती निमकली देवी साह बिच अंशबन्डाको विषयलाई लिएर झगडा हुँदा श्रीमतीको कुटाइबाट श्रीमानको अंडकोष फुटेको स्थानीयलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।

   अंडकोष फुटेर गम्भीर घाइते भएका  साहलाई उपचारका लागि जनकपुर पठाइ निजकी  श्रीमतीलाई आवश्यक अनुसंधानका लागि नियन्त्रणमा लिएको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताए ।

No comments:

Post a Comment