Tuesday, March 9, 2021

टि–ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगताको उद्घाटन खेलमा योङ स्टार विजयी


लोकतन्त्र समाचारदाता----

सर्लाही , फागुन २५  

   सर्लाही सदरमुकाम मलंगवामा आज (मंगलवार)देखि सुरु भएको टि–ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगताको पहिलो दिनको उद्घाटन खेलमा  मलंगवाका योङ स्टार टिम विजयी भएका छन् ।

    दुर्गा पुजा समिति जिल्ला विकास चौकले मलंगवा नगरपालिका वडा न-१० स्थित तीन बिघे मैदानमा आयोजना गरेको खेलमा योङ स्टारले  गम्हरिया क्रिकेट टिमलाई २ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ्ग गरेका गम्हरियाले निर्धारित २० ओभरको खेलमा १६ ओभरमा अलआउट हुदैं १ सय ९ रन बनाएका थिए । गम्हरियाका लागि बालकिशोरले सर्वाधिक ३७ रन बनाएका थिए । स्टारका लागि मनिषले ४ र पृथ्वी साहले ह्याट्रीक विकेट लिएका थिए । मनिष र पृथ्वीको कसिलो बलिङको सामु गम्हरियाले राम्रो खेल खेल्न सकेका थिएन् । 

    १ सय १० रनको लक्ष्य पच्छयाउन मैदानमा उत्रिएका  स्टारले राम्रो प्रदर्शन गरेका  थिए । स्टारले १४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेका थिए । सस्तोमै ४ विकेट गुमाएका स्टारका लागि पृथ्वीले सर्वाधिक ४५ रन बनाएका थिए । पृथ्वीले ५ छक्का र २ चौका प्रहार गरेका थिए । गम्हरियाका लागि राकेशले सर्वाधिक ३ विकेट हात पारेका थिए । 

खेलको म्यान अफ द म्याच पृथ्वी भएका छन् । तर, अन्तिम समयमा टिम हारको संघारमा रहेको बेला सबभन्दा कम उमेरका खेलाडी राजु यादवले टिमलाई विजयी बनाएपछि पृथ्वीले आफ्नो म्यान अफ द म्याच राजुलाई हस्तान्तरण गरेका थिए । 

    प्रतियोगिको बुधवार हुने खेलमा हरिपूर्वा क्रिकेट टिम र कौडेना पर्साका बिच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव दिनेश यादवले जानकारी दिएका छन् । 

    प्रतियोगिताको आज (मंगलबार)दिउँसो एक समारोहका बिच जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी र मलंगवा नगरपालिकाका मेयर निरसल साहले संयुक्तरुपमा गरेका थिए ।कार्यक्रममा उपमेयर शान्ती सबनम मिकरानीको पनि विशेष उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment