Tuesday, March 9, 2021

लखनदेही पुलमा बसको ठक्करबाट मोटरसाइकल चालक प्रहरी हवल्दार घाइते

 

लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २५

     सर्लाहीको लालबन्दी नगरपालिकामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक  प्रहरी हवलदार गम्भीर घाइते भएका छन् ।

    सोमबार बिहान ८ बजे लालबन्दी नपा-१ स्थित लखनदेही पुलमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख २७२९ नम्बरको  बसले विपरीत दिशाबाट गइरहेको ना ३१ प ६८९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी चौकी डेवडिहा धनुषामा संचार दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय हरिपुरमा कार्यरत प्रहरी हवलदार सुवोध कुमार सिंह घाइते भएको प्रहरीले जनाएको छ  ।

   दुर्घटनामा गम्भीर  घाइते प्रह सिंहलाई स्थानीय  मनिषा हेल्थ केयर नवलपुरमा प्राथमिक उपचार गरि थप उपचारको लागि बिरगंज स्थित बयोधा अस्पताल लगिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

    बस र त्यस्का चालकलाई आवश्यक कार्यवाहीको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment