Wednesday, March 17, 2021

बुधवारको खेलमा लक्ष्मी दुईले मलंगवा फिटनेश क्लबलाई ८ विकेटले हरायो

 

---क्वाटर फाइनल खेल बिहीवारदेखि हुनेे---



लोकतन्त्र समाचारदाता---

सर्लही चैत्र ४  

     सर्लाहीको सदरमुकाम  मलंगवामा जारी टि–ट्वन्टी खुल्ला क्रिकेट प्रतियोगिता अन्तर्गत आज(बुधवार)भएको नकआउटको अन्तिम खेलमा लक्ष्मी २ ले मलंगवा फिटनेश क्लबलाई ८ विकेटले हराएको छ । 

     दुर्गा पुजा समिति जिल्ला विकास चौकले मलंगवा नगरपालिका वडा न-१० स्थित तिनबिघे मैदानमा आयोजना भइरहको उक्त  प्रतियोगितामा आज भएको खेलमा लक्ष्मी २ ले जित हासिल गरेको आयोजक समितिका सदस्य मुकेश प्रजापतिले जानकारी दिए ।  टस जितेर व्याटिङ रोजेका मलंगवा फिटनेश क्लबले २० ओभरको निर्धारित खेलमा १६.४ ओभरमा अलआउट हुदैं ९७ रन बनाएका थिए । फिटनेश क्लबका लागि समसाद शेखले ३२ बलमा ५५ रन बनाएका थिए । समसादले २ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यसैगरी अमन कुमारले १५ बनाएका थिए । बाँकी खेलाडीले दोहोर अंक समेत जोड्न सकेन् । फिटनेश क्लबलाई सस्तोमा समेट्ने क्रममा लक्ष्मीका सोनाली कुमारले ३ विकेट लिएका थिए । 

९७ रनको जवाफमा व्याटिङ गर्नका आएका लक्ष्मी २ ले १२ ओभरमा लक्ष्य पुरा गरेका थिए । विकेटको क्षतिमा लक्ष्मीले लक्ष्य पुरा गरेको समिति सदस्य प्रजापतिले बताए।

        २ विकेट गुमाउँदै लक्ष्मी २ अन्तिम ८ मा स्थान पक्का गरेको छ । लक्ष्मीका लागि गोविन्दा कुमारले सर्वाधिक नटआउट ५१ रन बनाएका थिए । ३२ बलमा ४ छक्का र ३ चौका प्रहार गरी गोविन्दाले सर्वाधिक ५१ रन बनाएका थिए। 

खेलको म्यान अफ द म्याच गोविन्दालाई प्रदान गरिएको थियो । उनलाई मलंगवा वडा नं. १० का वडाध्यक्ष एवं प्रतियोगिताका सल्लाहकार मुकेश झाले ट्रफि प्रदान गरेका थिए । 

 क्वाटर फाइनल खेल बिहीवारदेखि हुने आयोजकले जनाएको छ । क्वाटर फाइनलमा योङ स्टार मलंगवा, कौडेना पर्सा, गढीमाई जमुनिया, सनराइज मदनपुर, ओम सहारा पञ्चकन्या मलंगवा, विजडम कोचिङ सेन्टर मलंगवा, सर्लाही एकेडेमी मलंगवा र लक्ष्मी २ मलंगवा पुगेका छन् । 


No comments:

Post a Comment