Sunday, March 14, 2021

सिरहाको मालापोत कार्यालयमा बम विष्फोट , गोइत समुहले विष्फोट गराएको आशंका


सिराहा, चैत १ 

     सिराहाको मालपोत कार्यालय प्रांगणमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।विष्फोटबाट  दुई जनाको अवस्था गम्भीर रहेको छ भने ५ जना घाइते भएका छन् ।

    गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि जिल्लाबाहिर अस्पताल पठाउन हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ ।

आज(आइतबार )दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तल्लामा विष्फोट  भएको हो ।

विष्फोटले आगलागी हुँदा कार्यालयको कागजातहरु जेलेको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटनास्थल पुगेको छ ।

    घटनास्थलमा ठुलो  संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएका छन्  । विष्फोट गराउने समूहको पहिचान नखुलको भए पनि प्रहरीले भने जनतान्त्रिक गोइत मुक्ति मोर्चालाई आशंकामा राखेर अनुसन्धान शुरु गरेको प्रहरी स्रोतले बताएको  छ ।

No comments:

Post a Comment