Thursday, March 18, 2021

अश्लिल भोजपुरी होली गीतले ठाउँ लिए पछि गुन्जिन छाड्यो परम्परागत होली गीत

 




मनोज यादव---

सर्लाही ,चैत ५

      रंग र अबिरको पर्व होली  नजिकिएको छ ।कुनैबेला होली पर्व आउन हप्ता पन्ध्रदिन बाँकी रहँदै   गाउँघरमा राति गुन्जिने होली गीत अचेल लोप हुँदै गइरहेको छ ।

     वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा(होरी) गीत लोप हुन थालेको भन्दै स्थानीय बुढापाकाहरु चिन्ता ब्यक्त गरेका छन् ।पहिले गाउँघरमा होली आएको भन्ने जानकारी  फागु गीत गाएर गराइन्थ्यो । अब त्यो सब बन्द भएको छ ,भाँडसरका ६६ वर्षीय वृध राजकरण रायले बताए ।

     ‘जोगीरा सर..र..र... कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ. कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत अब कमै सुन्न पाइन्छ,’ कबिलासी नगरपालिका सलेमपुरका समाजसेवी दिनेश राय(मास्टर) भन्नुहुन्छ।

 ‘पहिले पहिले त गाउँको बीचमा रहेको कुनै सार्वजनिक ठाउँमा गाउँका मानिसहरु बसेर अबेर रातिसम्म जोगीरा गाउँथे तर अब जोगीरा नसुनेको पनि धैरै भयो।’ उनले भने ।

     समयको परिवर्तन र गाउँका युवा रोजगारीका लागि छिमेकी देश भारत लगायत खाडी मुलुकहरुमा गएकाले पनि गाउँघरबाट फागु गाउने परम्परा लोप हुनथालेको सलेमपुरकै ठगा साहले बताए । होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै,नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी बताउनुहुन्छ ।आपसी प्रेम, भाइचारा  र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगीरा गीत पनि प्रभावित भएको उहाँको भनाई छ ।

     होलीपर्व आउन अव दुई हप्ता भन्दा पनि कम समय बाँकी छ तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगीरा लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन्।

     अहिले स्थानीय एफएम रेडियो र बजारमा  बज्ने होलीका अश्लील भोजपुरी गीतले पनि परम्परागत होली गीतमाथि धावा बोलेका छन्। आद्युनिकताले गर्दा पूरानो परम्परा लोप हुँदै गएको छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ । यसको रौनकता नै समाप्त भएर जान लागेको चौधरीले बताउनुभयो। 

   पहिलेको होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ ।


No comments:

Post a Comment