Tuesday, March 30, 2021

लालबन्दीमा बैदेशिक रोजगारी बारे जानकारी दिन संचारकर्मीहरु बिच अन्तरक्रिया गरियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १७

   सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले मंगलबार लालबन्दीमा एकदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरि  वैदेशिक रोजगारको क्षेत्रमा गरिरहेको कामको  बारेमा संचारकर्मीहरुलाई  जानकारी गराएको छ ।

     संस्थाले  विभिन्न राष्ट्रिय तथा स्थानीय संचार संस्थामा कार्यरत जिल्लाका सकृय संचारकर्मीहरुलाई लालबन्दी नगरपालिका स्थित नमस्ते होटलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि  सुरक्षित आप्रवासन परियोजना (सामी) को बारेमा जानकारी गराएको हो ।संस्थाले  नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल  बमोजिम श्रम,रोजगार तथा हेल्भेटास नेपालको प्रविधिक सहयोगमा जिल्लाको सदरमुकाम मलंगवामा जिल्ला प्रशासन , हरिवन र बरहथवा नगरपालिकामा  इलाका प्रशासन तथा चन्द्रनगर गाउँपालिका सँग समन्वय गरी सूचना केन्द्र संचालन गरिरहेको छ ।

कार्यक्रममा सहभागी संचारकर्मीहरु


   ती सूचना केन्द्रहरुबाट  राहदानी बनाउन आउनेहरुलाई वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सावधानी, सुरक्षितसँग जाने प्रक्रिया लगायतको बारेमा जानकारी प्रदान गर्दै आएको छ । ती सूचना केन्द्रहरुबाट गत साउनदेखि पुस मसान्तसम्ममा राहदानी बनाएका २ हजार ९२६ जनामध्ये २ हजार २१८ जनाले सुरक्षित वैदेशिक रोजगारीको बारेमा सूचना लिइसकेको  परियोजनाकी कार्यक्रम संयोजक देविका कार्कीले जानकारी दिईन् ।

   कार्यक्रममा परियोजना संयोजक कार्की र  दिवाकार झाले संचारकर्मीहरुलाई संयुक्तरूपमा  परियोजनाका कामहरुको बारेमा जानकारी गराएका थिए । संस्थाले सूचना केन्द्र संचालन गर्नुका साथै सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षा संचालन, व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श उपलब्ध गराउने साथै  तरकारी खेती तथा विभिन्न व्यापार व्यवसायका लागि आर्थिक सहयोग गर्ने जस्ता कामहरु पनि गर्दै आइरहेकोको झाले जनाएको छ 


No comments:

Post a Comment