Saturday, March 20, 2021

सर्लाहीमा एक महिनाको अवधीमा ४८ दुर्घटना, ५ जनाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ७

    सर्लाहीमा एक महिनाको अवधिमा भएका ४८  वटा सडक दुर्घटनामा परेर ५ जनाले ज्यान गुमाएका छन् ।फाल्गुन महिनामा भएका ती दुर्घटनाहरूमा परेर ५० जना गम्भीर घाइते र ८ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    ज्यान गुमाउनेहरुमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । त्यस्तै  ३९ जना पुरुष, ५ जना महिला, ४ जना बालक र २ जना बालिका गम्भीर र  ५ जना पुरुष ,२ जना महिला र १ जना बालक सामान्य घाइते भएको जि.ट्रा.प्र कार्यालयले जानकारी दिएको छ।

    पछिल्लो समय राजमार्ग या सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण सडकमा दुर्घटना बढेकोे र बाटोको अवस्था नहेरी तिब्रगतिमा सवारी हाँक्दा समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर ,सर्लाहीका प्रमुख प्रहरी निरिक्षक केदार मान दोङ्गले बताए । ग्रामीण सडकको अवस्था त्यति राम्रो नरहेको र  त्यसमाथि पनि चालकले सावधानी नअपनाउँदा अधिकांश  दुर्घटनाहरु भएको दोङ्ग भने ।

     गएको फाल्गुन महिनामा सबैभन्दा बढी ४२ वटा मोटरसाइकलहरु दुर्घटना भएका छन् ।त्यसपछि ट्याक्टर ८ , ट्रक ३,कार जिप ३,टिपर २, बस २,टेम्पो २ र ५ वटा अन्य सवारीसाधनहरु दुर्घटनामा परेको जि.ट्रा.प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment