Tuesday, March 16, 2021

कानुन विपरीत हुनेगरि तालाबन्दी ,धर्ना ,आमरण अनशन लगायत विरोधका कार्यक्रमहरु नगर्न प्रजिअ द्वारा राजनीतिक दललाई निर्देशन

  



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ३

    मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी तथा  राजनितिक दल बीच परिचयात्मक कार्यक्रमको आयोजना गरि विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।

    सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ को अध्यक्षतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जिल्लामा क्रियाशील रहेका विभिन्न राजनितीक दलका प्रतिनिधिहरु बीच विधिको शासन ,सुशासन र संविधानबादको मान्यतालाई आत्मसात गरि खुला,परर्दर्शी, उत्तरदायी भइ काम गर्न,कानुन र विधिको आदर्श कार्यान्वयन र सम्मान हुनेगरी कार्य गर्न कुनै कुनैपनि राजनितीक दलले कानुन विपरीत हुनेगरि तालाबन्दी ,धर्ना ,आमरण अनशन गर्नुपर्ने बाध्यात्मक अवस्था ल्याउन नदिन सचेत भइ काम गर्ने , जिल्लामा हुँदै आएको तश्करी,अवैध व्यापार , लागुऔषध ,ठगी , मिसावट ,बजार अनुगमन , क्रसर ,जुवातास, भन्सार छली ,विकास निर्माण जस्ता क्षेत्रमा भएका भ्रष्टाचार एवं विकृतिका सम्बन्धमा राजनितीक दलले निष्पक्ष र न्यायीक सूचना दिने लगायतका विषयमा छलफल गरिएको थियो ।

     कार्यक्रममा उपस्थित सबै राजनीतिक दलहरुले जिल्लाको विकृति र गैरकानुनी रोक्ने काममा प्रशासनलाई पुरा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सो कार्यको सुरुवात प्रशासनबाटै हुनुपर्ने अपेक्षा गरेका थिए ।

    कार्यक्रममा नेकपा एमालेका बरिस्ठ उपाध्यक्ष देवेन्द्र यादव,नेपाली काँग्रेस क्षेत्र न-२का क्षेत्रीय सभापति रुपेश कुमार ,जसपा जिल्ला अध्यक्ष विरेन्द्र यादव,नेकपा माओवादीका पूर्व जिल्ला कमिटी सदस्य जितेन्द्र कुशवाहा र जनमत पार्टीका जिल्ला अध्यक्ष संजय सिंहको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment