Thursday, March 25, 2021

मलंगवामा टाउको काटिएको एक युवककाे शव फेला पर्यो




मनोज यादव---

सर्लाही ,चैत १२

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ टावर चौक स्थित पचगछिया चौरीबाट एकजना  युवकको  टाउकाे काटिएको अवस्थामा  शव फेला परेकाे छ ।

    मलंगवा नगरपालिका वडा न-१० निवासी तथा मलंगवा न.पा का पुर्व कर्मचारी नागेन्द्र रायका छाेरा अन्दाजी २६  वर्षीय सुशील रायकाे बिहिवार बिहान पचगछिया चौरी नजिकैको खेतमा  शरिरबाट टाउकाे काटिएको अवस्थामा  शव फेला परेकाे हो । टाउको भने शरिर भन्दा केही पर ६१ मिटर पुर्व जमिन मुनि गाडिएको अवस्थामा फेला परेकाे थियो ।

     मृतकका भाइ शिवम रायका अनुसार दाइलाई बुधबार राती ७-८ बजेतिर स्थानीय कुन्दन होटलबाट कमला पंडिजी भन्ने कमल झा र अर्का एक ब्यक्तिले  मोटरसाइकलमा राखेर लगेपछि रातभर सम्पर्क बिहिन भएको थियो । रातभर सम्पर्क बिहिन भएका दाइ(सुशील)काे शव स्थानीयले देखेपछि मात्र आफुहरुले थाहा पाएको शिवमले बताए ।

   सुशीलको धारिलो हतियार प्रहार गरि शरिरबाट टाउको पुरै अलग हुने गरि निर्ममता पुर्वक हत्या भएको प्रहरीले जनाएकाे छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । 

    हत्यामा संलग्नहरुको पहिचान खुलिसकेको प्रहरीले बताएको छ ।


No comments:

Post a Comment