Monday, March 22, 2021

लागूऔषध गाँजा सहित अटोबाट ३ जना पक्राउ

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ९

     सर्लाही  प्रहरीले १५ किलो लागूऔषध गाँजासहित ३ जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले सर्लाहीको लालबन्दी  नगरपालिका-१७, रानीगंजबाट लागूऔषध गाँजासहित तीनजना र एउटा अटोलाई नियन्त्रणमा लिएकाे हाे ।

     आइतवार साँझ पौने ६ बजेको समयमा विशेष सुराकीको आधारमा खटिएका प्रहरी टोलीले लालबन्दी न.पा को रानीगंज स्थित परवानीपुरदेखि रानीगंजतर्फ चलाई ल्याएको ज १ ह ४६०९ नम्बरको अटोलाई शंका लागि रोकेर चेकजाँच गर्दा अटोमा रहेको जेब्रा झोला भित्र ३ वटा प्लास्टिकको पोकामा १५ किलो गाँजा  बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । प्रहरीले लागूऔषध गाँजासहित अटोमा सवार सोही ठाउँका ४० वर्षीय सुरेन्द्र कुमार बल,लालबन्दी -१४ बस्ने वर्ष ४१ को पासाङ पाख्रिन र रानीगंजका  ४५ वर्षीय अटोचालक पुष्प  बहादुर फुयाँललाई नियन्त्रणमा लिएको जनाएको छ ।

    अटोमा सवार सुरेन्द्र कुमार बलको साथबाट २५ हजार रुपैयाँ समेत बरामद भएको छ ।अटोसहित तीनैजनालाई नियन्त्रणमा लिएर अनुसंधान कार्य अधि बढाएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment