Thursday, March 25, 2021

लागुऔषध गाँजा र अटोसहित ३ जना प्रहरीको नियन्त्रणमा


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १२

    सर्लाहीको लालबन्दी नगरपालिका वडा न-७ बाट बुधबार राती  प्रहरीले १५ किलो लागूऔषध गाँजासहित ३ जनालाइ पक्राउ गरेकाे छ ।

     विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालयबाट  खटिएको  प्रहरी टोलीले लालबन्दी न.पा वडा न-७ स्थित ना २ ह ५९३६ नम्बरको  अटोको सिटमुनी लुकाइराखेको १५ किलो लागुऔषध गाँजा  बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । अटो चालक लालबन्दी नपा-११ बस्ने वर्ष ४७ को सोमबहादुर स्याङतान(लामा)लाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त गाँजा इश्वरपुर नपा-८ बस्ने वर्ष ३२ को रामविश्वास राउत र महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न-४ बस्ने वर्ष ३३ को रमाशंकर राउतलाई दिनको लागि ल्याएको बताएपछि निजहरुको खोजतलासी गर्दै जाने क्रममा कालिन्जोर खोला स्थितबाट BR30 T 0103 नम्बरको मोटरसाइकल सहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुवँरले जानकारी दिए ।

   बरामद १५ किलो  लागुऔषध गाँजा र अटोसहित पक्राउ  तीनैजनालाई आवश्यक कार्यवाहीको लागि इप्रका लालबन्दीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment