Saturday, March 13, 2021

लागूऔषध दुर्व्यसनीमाथि कार्यवाही बढाएर सर्लाहीलाई गुन्डागर्दी मुक्त बनाउँछु- प्रजिअ हेमराज तामाङ


राजिव साह---

सर्लाही,फाल्गुन,२९

    सर्लाही जिल्लामा बढ्दो अपराधीक गतिविधिमामा संलगन जोकोहीलाई पनि माफ नगरिने  प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताएका छन् । 

जिल्लामा गुन्डागर्दी गर्ने हिसाबले संलग्न ब्यक्ति तथा गिरोहलाई कार्वाही गरिने उहाँले बताउनुभयो । 

    शुक्रबार जिल्ला प्रशासन कार्यालय  मलंगवा स्थित जिल्लामा भर्खरै आउनु भएका प्रजिअ तामाङ सँग पत्रकार  महासंघ सर्लाही शाखाका सचिव श्रवण थापाको नेतृत्वमा  भेटघाट गर्न पुगेका  पत्रकार तथा नागरिक समाजका टोली  सँग उहाँले  यस्तो कुरा बताउनु भएको हो । नयाँ आउनु भएका प्रजिअ तामाङ  सबैभन्दा कम उमेर (३३वर्ष )को  सिडियोको रुपमा नेपालभरी प्रख्यात हुनुहुन्छ ।

    भेटघाटको क्रममा पत्रकारहरुले नेपाल नेपाल पत्रकार महासंघ,सर्लाही शाखाका उपाध्यक्ष तथा एभिन्युज  टेलीविजनका संवाददाता  बख्तियार अली माथि बिहिवार साँझ शिवरात्रीको दिन ज्यान मार्ने किसिमले भएको घट्नाको विषयमा प्रजिअ तामाङको  ध्यानाकर्षण गराएका थिए ।  

   हमलाबाट गम्भीर  घाइते भएका पत्रकार अलि उपचारकै क्रममा रहेको र  अहिले उनी उपचारमा संलग्न डाक्टरको सल्लाहमा आफ्नै निवासमा बेड रेस्टमा छन् । दोषीलाई अविलम्ब गिरफ्तार गरी जेल पठाउनका लागी नेपाल  पत्रकार महासंघ सर्लाही शाखा र नागरिक समाज सर्लाहीले प्रजिअ तामाङ सँग आग्रह गरेका छन् ।

        लागूऔषध दुर्व्यसनीहरुकै कारण  जिल्लामा दिनहुँजसो कुटपिट ,चोरी,सडक दुर्घटना जस्ता घटना र  दुर्घटनाहरु बढेको  टोलीले प्रजिअलाई  जानकारी गराएका थिए ।

No comments:

Post a Comment