Wednesday, March 10, 2021

गाउँपालिकाको केन्द्र सार्ने विषयलाई लिएर सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दुईपक्ष वडाबासी बिच तनाव /

 


दुुुवै असन्तुष्ट पक्षद्वारा कार्यालयमा तालाबन्दी सहित विरोध प्रदर्शन , गापा आध्यक्षको घारमा पत्थरबाजी

मनोज यादव--

सर्लाही ,फाल्गुन २६

   सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र  सार्न लागेको विषयलाई लिएर असन्तुष्ट  स्थानिय वडावासीहरु बिच आपसी तनाव उत्पन्न भएको छ ।एक पक्षको अहिले जुन ठाउँमा केन्द्र छ त्यहीँ रहनुपर्ने र अर्को पक्षको जनताहरुलाई पायकपर्ने सबै वडाहरुको बिचमा पर्ने  वडा न-२ स्थित बबरगंजमा केन्द्र सार्नुपर्ने अडान रहेको छ ।

     सातवटा वडाहरु रहेका उक्त पालिकामा वडा न-६ र ७ का जनताहरु केन्द्र सार्नु नपर्ने माग राखेर फाल्गुन २१ गतेदेखि  चन्द्रनगर गाउँपालिकाको वडा न-६ र ७ मा पर्ने नाढीतालको छेउमा  रहेको उक्त पालिकाको कार्यालयमा  तालाबन्दी गरि रिले धर्नामा बसेका छन् ।उनीहरु धर्नामा बस्दा गाउँपालिकाको कार्यालयाट सम्पादन हुने सम्पूर्ण कामकाजहरु ठप्प भएर सेवाग्राहीलाई समस्या उत्पन्न भएको छ ।

    सोही विषयलाई लिएर केन्द्र सार्नुपर्ने अडानमा रहेका अर्को पक्ष चन्द्रनगर गापा वडा न -१,२,३,४ र ५ का जनताहरु आज (बुधबार)दिउँसो वडा न-२ स्थित बबरगंजमा गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा  विरोध जुलुस निकालेका छन् ।जुलुसमा सहभागी पाचवटै वडाका बासिन्दाहरु  जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद  राजेन्द्र महतोका दाइ समेत रहनुभएका गाउँपालिका अध्यक्ष महेन्द्र महतोको बबरगंज स्थित घरको घेराबन्दी गरि झण्डै आधा घण्टा सम्म नाराबाजी गर्दै उहाँको घरमा ढुंगामुढा गरेका छन् ।पछि प्रहरी आएपछि स्थिति सामान्य भएको थियो ।

    केन्द्र सार्ने भन्ने विषयमा  गाउँ कार्यपालिकाको बैठक समेत बसिसकेको तर उक्त बैठक बिना निष्कर्ष टुंगिएको थियो ।दुबै पक्ष आआफ्नै अडानमा रहेपनि गापा अध्यक्ष भने दुई तिहाई बहुमत नभएसम्म केन्द्र सार्ने कि नसार्ने भन्ने टुंगो नलाग्ने बताउँदै आएका छन् ।

   विरोध तथा ढुंगामुढा भइरहँदा अध्य

क्ष महतो गाउँ बाहिर रहेका थिए ।


  

No comments:

Post a Comment