Saturday, March 13, 2021

ठेकेदारको लापरबाहीले सर्लाही र रौतहटलाई जोड्ने बागमतीको निर्माणकार्य अलपत्र

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २९

    प्रदेश न-२ मा पर्ने  तराईको लाइफलाइन मानिएको हुलाकी सडक अन्तर्गत  सर्लाही र रौतहट जिल्लालाई जोड्ने बागमती  नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा परेको छ ।

    सर्लाहीको हजरियालाई रौतहटको समनपुर सँग  जोड्ने बागमती  नदीमा पुल निर्माणको कार्य शुरु भएको करिब आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुँदा दुवै जिल्लाका स्थानीयहरुलाई सास्ती खेप्नुपरेको छ । ठेकेदारको लापरबाहीका कारण पुल निर्माणको कार्य समयमा सम्पन्न हुन नपाउँदा बर्षातको समयमा खोलामा बाढी आउँदा  आवतजावतमा झनै समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ ।

     पूर्व–पश्चिम लोकमार्ग बाहेक ४२ किलोमिटर दक्षिण नेपाल-भारत सीमासम्म बागमती  नदीमा पुल छैन । विसं २०६९ असार २६ गते रु ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्स्ट्रक्सन काठमाडौँ जेभीले ६ सय मिटर लम्बाइ भएको डबल लेनको पुल बनाउन सम्झौता गरेको थियो । सो पुलको तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिले शिलान्यास गर्नुभएको थियो । एलाइट कन्स्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता भएको करीब ३६ महिनामा पुलको निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गरेको थियो तर सम्झौता भएको करीब आठ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम पूरा भएको छैन । 

    निर्माण कम्पनीले पनि कहिले मधेश आन्दोलन, कहिले बाढी त कहिले कोरोना भाइरसल गायतका विभिन्न बहानाहरु बनाएर निर्माण कार्य निर्धारित समयभन्दा करीब पाँच वर्ष ढिलाइ गरेको छ  । पुल बन्न अझ दुई वर्ष लाग्ने ठेकेदार कम्पनीलाई उद्रित गर्दै श्रोतले बताएको छ । यसको म्याद चारपटक  थप भइसकेको छ।  अन्तिम पटकको म्याद वि.स २०७८ असार मसान्तसम्म मात्रै  रहेको छ ।

     काम गर्ने शैली र गतिलाई  हेर्दा यो पुल दुई वर्षमा पनि बन्ला जस्तो छैन ,स्थानीय पत्रकार  अकलेश बैठाले भने ।


No comments:

Post a Comment