Friday, March 19, 2021

दोस्रो क्वाटर फाइलनमा मदनपुर विजयी ।


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ६

     सर्लाहीको मलंगवामा जारी खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो क्वाटर फाइलन खेलमा सनराइज मदनपुरले कौडेना पर्सालाई ७ विकेटले पराजित गर्दै  सेमीफाइलनमा प्रवेश गरेको  छ। 

   दुर्गा पुजा समिति जिल्ला विकास चौक मलंगवा १० ले तिनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको कौडेना पर्साले निर्धारित २० ओभरको  खेलमा १७.२ ओभरमै अलआउट हुदैं ५९ रन मात्र बनाउन सकेका थिए । कौडेना पर्साका लागि अलि हसनले सर्बाधिक १० रन बनाएका थिए । अलि बाहेक अरु खेलाडीले दोहोर अंक सम्म पुग्न सकेका थिएनन् । ५९ रनमा सिमित राख्ने क्रममा मदनपुरका अमिर कुमारले सर्बाधिक ३ र छोटु सिंह र अमितले समान २-२ विकेट हात पारेका थिए । 

     ६० रनको लक्ष्य पच्छयाउन मैदानमा उत्रेका मदनपुरले ५.४ ओभरमा ३ विकेट गुमाउँदै जित हात पारेका थिए । मदनपुरका लागि छोटु सिंहले सर्बाधिक २२ रन बनाएका थिए । लक्ष्मीका लागि संजय कुमारले ३ वटै विकेट लिन सफल भएका थिए । 

खेलको म्यान अफ द म्याच छोटु सिंहलाई प्रदान गरिएको थियो । सिंहले २ विकेटको साथै २२ रन बनाएका थिए । सिंहले आयोजक समितिका सदस्य कलामुदिन अन्सारीले ट्रफी प्रदान गरेका थिए ।

शनिवार तेस्रो क्वाटर फाइनलको खेल गढीमाई जमुनिया र ओम सहार पञ्चकन्याको बिच हुने आयोजक समितिका सदस्य समिर मिकरानीले जानकारी दिएका छन् । 


No comments:

Post a Comment