Sunday, March 14, 2021

भारतका महावाणिज्यदूत नितेश कुमारद्वारा मलंगवामा नवनिर्मित कल्भर्ट र ढल निकासको उद्घाटन गरियो

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत्र १

    भारत सरकारको  ४२.७८ मिलियन आर्थिक सहयोगमा निर्माण भएको सर्लाही सदरमुकाम  मलंगवा नगरपालिका वडा न ३ र ४ स्थित  कल्भर्ट र ढल निकासीको भारतका महावाणिज्यदूत नितेश कुमारले सनिवार उद्घाटन गरेका छन् । 

   “नेपाल भारत विकास सहकार्य”कार्याक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कल्भर्ट र ढल निकासीको  दुई प्याकेजमा निर्माण गरिएको छ । पहिलो प्याकेजमा खानेपानी चौक देखी नगरपालिका चौकसम्म ८०० मि र दोस्रो शिवसागर चौक सडक देखी विश्वकर्मा चौक सडक सम्म ५०० मि सम्म निर्माण गरिएको छ ।उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको  छ ।

  उक्त कल्भर्ट र ढल निकास निमार्णका लागि भारतिय दुतावास काठमाण्डौ र संघिय मामिला तथा सामान्य प्रशासन मंत्रालय अन्तर्गत  मलंगवा नगरपालिका बिच सम्झौता भएको थियो।

  यसबाट  मलंगवा न.पा का ५ सय घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ  पुर्याउने नगरपालिकाले बताएको  छ । यस परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको छ ।

   उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख मेथुर चौधरी ,नगरप्रमुख निरसल साह, नगर उपप्रमुख शान्ती सबनम मिकरानी,म.न.पाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,वडा न-३ का वडाध्यक्ष रामकैलाश साह, वडा न-४ का वडाध्यक्ष रवीन्द्र  राय,नागरिक समाज,बुद्धिजीवी  लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment