Thursday, March 18, 2021

सिजनको अन्तमा टमाटरको भाउ बढेपछि किसानलाई राहत

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ५

    गएको केही हप्तादेखि ओरालो लागेको टमाटरको सिजनको अन्तमा आएर भाउ बढेपछि सर्लाहीका स्थानीय किसानहरूले राहत महसुस गरेका छन् ।

    अहिले लालबन्दी स्थित तरकारी बजारमा  स्थानीय जातको टमाटर  प्रतिक्रेट २५० देखि ३ सय रुपैयाँ र उन्नत जातको टमाटर  ४ सय रुपैयामा बिक्री भइरहेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक  शम्भु प्रसाद घमिरेले जनाए । केही दिन अगाडी सोही बजारमा  प्रतिक्रेट १५० देखि  २  सय रुपैयामा टमाटर बिक्री भइरहेको थियो ।जसले गर्दा किसानहरु लगानी समेत नउठ्ने चिन्तामा परेका थिए । सिजनको सुरुवातमा किसानले  प्रतिक्रेट १ हजार रुपैयासम्म टमाटरको मूल्य पाएका थिए । त्यसपछि बिस्तारै भाउ घट्दै गएको व्यवस्थापक घिमिरेले बताए । 

    सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकाका स्थानीय  किसानले व्यवसायिक रुपमा टमाटरको खेती गर्ने गरेका छन् । यहाबाट उत्पादन भएका टमाटर काठमाडौ लगायत देशका विभिन्न ठूला सहरहरुको साथै छिमेकी देश भारतको सितामढीसम्म निर्यात हुँदै आएको घिमिरेले बताए ।


No comments:

Post a Comment