Monday, March 15, 2021

चन्द्रनगर गाउँपालिका सोमबारदेखि खुल्यो

 

---आन्दोलनका सबै कार्यक्रम स्थगित--- 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत २ 

      केन्द्र सार्ने विषयलाई लिएर वडाबासी बिच विवाद बढेर आन्दोलन चर्किएपछि विगत दशदिन देखि बन्द रहेको सर्लाहीको  चन्द्रनगर गाउँपालिकाको कार्यालय सोमबारदेखि  खुलेको छ । गाउँपालिका कार्यालयको मुल गेटमा ताल्चा लगाएर धर्नामा बसेका वडा न-६ र ७ का स्थानीय  बासिन्दाहरुले आइतवार साँझै गेटको ताल्चा खोलेर धर्ना स्थगित गरेका छन् ।

    जिल्लाको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा आइतवार भएको छलफलमा आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर गाउँपालिकाको कामकाज सूचारु गर्ने सहमति भएको छ । 

   चन्द्रनगरस्थित नाढीतालको छेउमा रहेको गाउँपालिकाको केन्द्र वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरु फागुन २१ गते शुक्रवारदेखि गाउँपालिकामा तालाबन्दी गरेर मूलगेटमा धर्नामा बसेका थिए । छलफलमा  गाउँपालिका कार्यालय तत्कालका लागि  सोही वडामा(ठाउँ) रहने दिने र आन्दोलित पक्षले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने लगायतका सहमतिहरु भएको छलफलमा सहभागीहरुले बताएका छन्     

     छलफलमा गाउँपालिका अध्यक्ष महेन्द्र महतो, अन्य जनप्रतिनिधि,विभिन्न  राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

     गाउँपालिकाको केन्द्र सार्न फागुन २२ गते विशेष गाउँ सभा बसेको थियो तर सभामा गाउँपालिकाको केन्द्र सार्न आवश्यक पर्ने दुईतिहाई बहुमत पुग्न सकेको थिएन् ।


No comments:

Post a Comment