Sunday, March 7, 2021

बरहथवामा प्रभु लाइफको अभिकर्ता तालिम सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २३

   प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बरहथवाको आयोजनामा एकदिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ ।

  सनिवार आयोजित उक्त  तालिममा सर्लाहीका विभिन्न स्थानीय तहबाट नयाँ तथा पुराना गरि जम्मा २५ जनाले प्रशिक्षण लिएका थिए ।  तालिममा प्रमुख अथिथी तथा  संस्थाका प्रदेश नं.–२ का प्रमुख सुदिष्ट कुमार गुप्ताले सहभागीहरुलाई प्रशिक्षण दिएका  थिए ।

     बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा,महत्त्व  तथा अभ्यासहरुको जानकारी साथसाथै जीवन बीमामा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भूमिकाको बारेमा गुप्ताले तालिममा सहभागीहरुलाई स्पष्ट पारेका थिए।

    २ नम्बर प्रदेश एरिया इन्चार्ज राजिव कुमार झाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मलंगवा शाखाका प्रमुख संजय श्रेष्ठ ,हरिवन शाखाका प्रमुख मधुसूदन न्यौपाने ,जनकपुर शाखाका प्रमुख तथा एरिया इन्चार्ज सिताराम महतो लगायतको समेत सहभागीता रहेको थियो ।

    तालिमको औपचारिक समापन गर्दै बरहथवा  शाखा प्रमुख श्रेष्ठले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताए।साथै उनले कम्पनीप्रति सद्भाव राखी कम्पनीको परिवारमा केही गर्छु भनी उत्साहपूर्वक संलग्न भएकोमा सहभागी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।

   तालिमका विशिष्ट अतिथि एवं प्रभु लाइफका प्रदेश न २ एरिया इन्चार्ज  झाले सहभागीहरु लाई तालिममा प्राप्त सिपको प्रयोग गरि सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरे । 


No comments:

Post a Comment