Monday, March 8, 2021

सर्लाहीको नयाँ सिडियो हेमराज तामाङ आए


----नेपाल-भारत सिमानाका खोलाउन पहल गर्नुहुन्छ भन्ने आशा स्थानीय नागरिकहरुमा जाग्यो----


लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २४    

    जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नयाँ  प्रमुख जिल्ला अधिकारी (सिडियो) आइपुग्नु भएको छ । सर्लाहीको नयाँ सीडीओ को रुपमा सल्यान जिल्लाबाट  सह–सचिव हेमराज तामाङ आएका छन् ।

   सिडियो तामाङले सोमवार(आज)देखि  कार्यभार सम्हाल्नु भएको छ ।

यस अघिका सिडियो सुरेन्द्र पौडेलको बारा जिल्लामा सरुवा भएपछि उहाँको ठाउँमा गृह मन्त्रालयले चितवनका सिडियो नारायण प्रसाद भट्टराईलाई सरुवा गरेको तर भट्टराई सर्लाही आउन अस्वीकार गरेर मन्त्रालयमै बसेपछि सल्यानजिल्लाबाट तामाङलाई सर्लाहीमा पठाइएको जनाइएको छ ।

  जिल्लाले एकैसाथ दुईजना नयाँ सिडियो र सहायक सिडियो पाएको छ ।सहायक सिडियोको रुपमा उप–सचिव भुमिश्वर पोखरेल यसअघिनै हाजिर भइसक्नु भएको जिप्रका मलंगवाले जनाएको छ । 

     नयाँ सिडियोले लामो समयदेखि बन्द रहेको नेपाल-भारत सिमानाका खोलाउन पहल गर्नुहुन्छ भन्ने आशा स्थानीय नागरिकहरुमा जागेको छ ।


1 comment: