Thursday, March 11, 2021

मलंगवामा जारी दोस्रो दिनको खेलमा पर्सा क्रिकेट टिम विजयी





लोकतन्त्र समाचारदाता---

सर्लाही ,फागुन २७  

     मलंगवामा जारी टि–ट्वन्टी खुल्ला क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पर्सा क्रिकेट टिम ४ रनले विजयी बनेको  छ ।

   दुर्गा पुजा समिति जिल्ला विकास चौक मलंगवा १०को आयोजनामा जिविस स्थित ३ बिघे मेदानमा संचालित उक्त प्रतियोगितामा पर्सा क्रिकेट टिमले  हरिपूर्वा क्रिकेट टिमलाई ४ रनले पराजित गरेको हो ।

     टस हारेर ब्याटिङ गरेको पर्सा क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमै सबै विकेट गुमाउँदै १ सय ३७ रन बनाएका थिए । पर्साका लागि संजील दासले सर्वाधिक २७ रन बनाएका थिए । हरिपूर्वाका लागि कृष्णा यादवले सर्बाधिक ३ विकेट लिएका थिए । १ सय ३८ रनको लक्ष्य पाएका हरिपूर्वाले सुरुवातदेखि नै राम्रो खेल खेल्न सकेका थिएनन् ।

   पर्साको बलरका सामु हरिपूर्वाका खेलाडी निरिह देखिएका थिए । हरिपूर्वा १९ औं ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएका थिए । हरिपूर्वाका लागि रंजित यादवले सर्वाधिक १८ रन बनाएका थिए । हरिपूर्वालाई १ सय ३३ रनमै सिमित राख्ने क्रममा पर्साका संजय यादवले ३ विकेट हात पारेका थिए ।

   खेलको म्यान अफ द म्याच पर्साका कमलेश यादवलाई प्रदान गरिएको छ । यादवले १८ रन बनाउनुको साथै २ विकेट लिएका थिए ।म्यान अफ द म्याच भएका यादवलाई आयोजक कमिटीका सदस्य समीर मिकरानीले ट्रफी प्रदान गरेका थिए । बिहीवार महाशिवरात्री भएकोले खेल नहुने आयोजक कमिटीका कोषाध्यक्ष साजन जयसवालले जानकारी गराएका  छन् ।

   शुक्रवारको खेल पर्सा संग्रामपुर र  गढीमाई जमुनियाको टिम बिच हुने छ ।



No comments:

Post a Comment