Thursday, March 11, 2021

खुटौनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न




लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २७

     मिथिला युवा समाज खुटौनाको  आयोजनामा जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-६ खुटौना स्थित ब्लु स्काई इंग्लिस बोर्डिङ स्कुलको प्रांगणमा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सप्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरनाथ साहको सभापतित्वमा भएको प्रतियोगितामा अल्पाइन इंग्लिस बोर्डिङ स्कुल मलंगवा -१० प्रथम,माउन्ट एभरेस्ट स्कुल मलंगवा -३ दोस्रो ,ब्लु स्काई बोर्डिङ स्कुल खुटौना तेस्रो भएको छ भने जेसिज स्कुलले सान्त्वना पुरस्कार जित्न सफल भएको छ ।

   कार्यक्रममा प्रमुख अतिथि मेयर निरसल साह,विशिष्ट अतिथि वडाध्यक्ष तैयव मिया मुकेरी,सशस्त्र प्रहरी बिओपी खुटौनाका इन्चार्ज सप्रनी गणेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।




No comments:

Post a Comment