Sunday, March 7, 2021

कौडेनामा बिभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय महिला दिवस मनाइयो


राधेश्याम कुशवाहा--- 

सर्लाही ,फाल्गुन २३

    प्रेरणा, भिएसओ र एचआईको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको लागी शिक्षा कार्यक्रम अन्तरगत कौडेना गाउँपालिकामा अन्तराष्ट्रिय महिला दिवस ८ मार्चको पूर्व संध्यामा बिभिन्न कार्यक्रम संचालन गरी मनाईयो ।

कार्यक्रममा स्थानिय अभिभावक, ठूलीदिदीहरु, वडा अध्यक्ष, स्थानिय सरोकारबालाहरुको सहभागितामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको सुरुवातमा ईन्गेज परियोजनाको कार्यक्रम संयोजक रामचन्द्र चौधरीले सहभागीहरुलाई स्वागत गर्नुको साथै अन्तराष्ट्रि महिला दिवस मनाउनुको कारणहरु बारे जानकारी गराएको थियो । 

कार्यक्रमको सुरुवातमा सहभागी अभिभावकहरु मध्येबाट १० जना आमाहरुले बाल विबाह न्यूनिकरणको लागी अभिभावकको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगितामा सहभागी भएको थियो ।कार्यक्रममा अभिभावकहरुले वाल बिवाहको नाकारात्मक असरहरु बारे जानकारी गराउँदै अभिभावकहरुले छोराछोरीहरुको पढाईमा ध्यान दिएर बिहेवारी २० बर्ष पारी गर्नु पर्ने जानकारी गराएको थियो । 

वक्तृत्व कला कार्यक्रमका सहभागी अभिभवकहरु मध्ये उनीहरुले प्रस्तुत गरेको बिषय वस्तुको आधारमा स्तरिकरण गरिएको थियो । जसमा कौडेना २ ईनर्वाका सुनर देवी मुखिया प्रथम हुनुभएको थियो भने कौडेना २ का सुनिता देवी राम र तृतिय कौडेना ६ को रेखा देवी यादव हुनु भएको थियो ।

 वक्तृत्वकला कार्यक्रम पश्चात ठूली दिदीहरु र ईन्गेज परियोजनाका सामूदायिक सहजकर्ताहरुले बाल विवाहको असर सम्बन्धी सडक नाटक प्रस्तुत गरेको थियो । समाजमा कसरी सानै उमेरमा अभिभावकहरु आफना छोराछोरीहरुको विवाह गरी अफनो जिम्मेवारीबाट पन्छिने र पछि प्रजनन तथा स्वास्थ्यका कारण बच्चा पाउन नसकि कलिलै उमेरमा आमाहरुको मृत्य हुने द दृष्यहरु प्रस्तुत गरेको थियो । कार्यक्रमको अन्त्यमा ईन्गेज परियोजनामा आवद्ध ठूलीदिदीहरुको सहभागीतामा हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको थियो । हाजिरी जबाफ प्रतियोगितामा जम्मा ५ समूहमा ३ –३ जनाको दरले १५ जना सहभागी रहेका थिए । 

हाजिरी जवाफ प्रतियोगितामा लैंगिक हिंसा, बाल विबाह, ईन्गेज परियोजनाका बारेमा प्रश्नहरु सोधिएको थियो । हाजिरी जबाफ प्रतियोगितामा मनिता कुमारी साह, पुनिता कुमारी यादव र  खुश्बु कुमारी  यादव को टोलि प्रथम, सितारा बेगम, सावित्री यादव र खुश्बु कुमारी यादव को टोलि द्वितिय र अणु कुमारी साह, रिन्की कुमारी चौधरी र मनिता रामको टोलि तृतिय भएको थियो । 

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा संचालित प्रतियोगितात्मक कार्यक्रमका सहभागीहरुलाई ईन्गेज परियोजनाद्धारा पुरुस्कार हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कौडेना वडा नं. ३ को वडा अध्यक्ष प्रभु चौधरीले अन्तराष्ट्रिय महिला दिवसको औचित्य माथी आफना कुराहरु राख्दै बाल विवाह रोक्न आजको दिनमा सबै जनाले प्रतिवद्धता जाहेर गर्न  अनुरोध गरेका थिए । 

कार्यक्रममा भिएसओ नेपालका जिल्ला परियोजना अधिकृत दिपेन्द्र तिवारीले बाल विवाह रोक्न अभिभावकहरुको ठूलो भूमिका रहने भएकोले बालविवाह जस्तो कुरीतिलाई जरैबाट निर्मूल पार्नका लागि हरेक घर परिबारबाट पहल हुनुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमको सभाअध्यक्ष कुष्मी देवी राउतले स्थायिय निकायका प्रतिनिधीहरु वाल विबाह रोक्न प्रतिवद्ध नभए सम्म बाल विवाह कायमै रहने बताएका थिए।  अन्तराष्ट्रिय महिला दिवस कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो र कार्यक्रम संस्थाको अधिकृत मंगल साहले संचालन गरेको थियो ।

No comments:

Post a Comment