Saturday, March 20, 2021

सर्लाहीका सभापति चौधरीले गरिब तथा टुहुरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरे(फोटो फिचर)

 




मनोज यादव---

सर्लाही ,चैत ७

     बाल कल्याण समाज (CWS) रामनगर-२ ले सर्लाहीको मलंगवा नगरपालिका अन्तर्गतका विभिन्न वडाका १७ जना टुहुरा बालबालिकाहरुलाई जिल्ला समन्वय समिति सर्लाहीका सभापति  मेथुर चौधरीको आर्थिक सहयोगमा नि:शुल्क कापी,कलम,पुस्तक  लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको  छ ।

    आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षतामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज(सनिवार) एक कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभापति चौधरीले  प्रति विद्यार्थी आठ थान काँपी,दस थान डट पेन, एक थान औजार बक्स , एक थान कलर बक्स र एक थान स्टेप बाइ स्टेप  किताब बितरण गर्नुभएको हो ।

    सोही अवसरमा विपन्न तथा टुहुरा स्कुलले  बालबालिकारुलाई वितरण गर्न संस्थालाई  ती शैक्षिक सामाग्रीहरु उपलब्ध गराएर सहयोग पुर्याउनु भएको भन्दै अध्यक्ष यादवले संस्थाको तर्फबाट दाता चौधरीलाई मधेशको शान गमछा ओढाएर कदरपत्रको साथ सम्मानित गरेको कार्यक्रमका संचालक मानवअधिकारकर्मी मुकेश मिश्रले जानकारी गराए।

    दलित अधिकारकर्मी राजेश पासवान , शिक्षक प्रवेज मिकरानी,पत्रकार मनोज यादव ,मलंगवा नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी लगायतको उपस्थिति रहेको कार्यक्रममा अतिथिको रुपमा उपस्थिति हुनुभएका पुर्व जिविस सदस्य तथा समाजसेवी महेश्वर यादव(महेशी)ले शैक्षिक समाग्री प्राप्त गरेका बालबालिकाहरु मध्येबाट ५ जना अती विपन्न टुहरा विद्यार्थीहरुलाई

उनीहरुको पढाइ नसकुन्जेलसम्म आफ्नो तर्फबाट शैक्षिक सामाग्री उपलब्ध गराउने साथै उहाँले मलंगवा न.पा-२ मा संचालन गर्नुभएको नर्सरीबाट कार्यक्रममा उपस्थित भएका बालबालिकाहरुलाई एकएकवटा फुल अथवा तरकारीको बिरुवा नि:शुल्क रुपमा प्रदान गर्ने प्रतिवद्धता गर्नु भएको कार्यक्रम संचालक मिश्रले बताए ।

     

No comments:

Post a Comment