Tuesday, March 23, 2021

मलंगवा स्थित शिक्षा समन्वय इकाई समितिमा शिक्षक तथा विद्यार्थीद्वारा तोडफोड



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १०

       सर्लाहीको सदरमुकाम मलंगवा स्थित  शिक्षा समन्वय इकाई समितिको कार्यालयमा तोडफोड भएको छ ।जिल्लाको पश्चिम क्षेत्रमा पर्ने गोडैता नगरपालिका स्थित बेनीभोला नमुना माध्यमिक विधालयमा शिक्षातर्फको दरबन्दी कटौती गरेको भन्दै शिक्षक तथा विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेका हुन ।

      सोमबार दिउँसो कार्यालय घेराउ गर्न पुगेका आक्रोशित शिक्षक तथा विद्यार्थीहरुले नाराबाजी गर्दै कार्यालयमा  तोडफोड गर्न  थालेपछि यसलाई  रोक्न प्रहरीले तीन सेल अश्रुग्यास समेत प्रहार गरेका थिए ।अश्रुग्यासबाट केही विद्यार्थीहरु घाइते भएका छन् ।घाइते विद्यार्थीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार भैइरहेको छ भने तोडफोडमा उत्रिएका पाँच जना विद्यार्थी र एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

     दरबन्दी कटौतीको विरोधमा उत्रिएका शिक्षक तथा  विद्यार्थीले गोडैता नगरपालिकाको कार्यालयमा समेत तालाबन्दी गरेका छन्। विद्यालयमा कायम रहेको दरबन्दी शिक्षा समन्वय प्रमुख र नगर प्रमुखले  कटौती गरको भन्दै उनीहरू  आन्दोलीत भएका हुन।

    उता शिक्षा समन्वयको कार्यालयमा तोडफोड सुरु भएपछि त्यसलाई रोक्न र थप क्षति हुन नदिन सामान्य बल मात्र प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ।अहिले कार्यालय परिसरमा बाक्लो मात्रामा प्रहरी खटाइएको छ ।

No comments:

Post a Comment