Tuesday, March 2, 2021

ओपल मल्टिनेशनल प्रालिको तीन नयाँ मोडेलको मोबाइल सेट सर्लाहीका बजारमा आयो

 



मनोज यादव---

सर्लाही ,फाल्गुन १८

     ओपल मल्टिनेशनल प्रालिको नयाँ मोडेलको किप्याड मोबाइल सेटहरु आज(मंगलबार) बाट सर्लाहीका बजारहरुमा भित्रिएको छ ।

   मंगलबार सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित एक कार्यक्रमका बीच  जिल्लाको लागि आफ्ना आधिकारिक बिक्रेता पशुपति ट्रेडर्स मार्फत कम्पनीले  तिन वटा मोडलको ट्रियो मोबाइल फोन सार्वजानिक गरेको छ ।

   काठमाडौको सुनधारा स्थित चाइना टाउनमा प्रमुख कार्यालय  रहेको यस कम्पनीले  ट्रियोको चारवटा मोडलहरु लंच गरेको भएपनि हाल सर्लाहीका बजारहरुमा T4 Jazz, T4 power र T8 boss मोडेलको मोबाइल फोन उपलब्ध रहेको  कम्पनीका RSM जितन चौलागाईंले जानकारी गराएको छ ।केहि दिनभित्र T3 मोबाइल पनि उपलब्ध हुने RSM  चौलागाईंले बताए ।

   २५ सय एमएचको बिग व्याक्ट्री रहेको यो मोबाइल फोनको ब्याट्री लामो समयसम्म टिक्ने र सेटहरु पनि आकर्षक र राम्रो क्वालिटीका रहेका छन । सेटको मुल्य १ हजार देखि १६ सय ११ रुपैया  सम्म रहेको छ ।एकवर्ष सम्मको वारेन्टी रहेको उक्त  मोबाइल बिग्रेको खण्डमा  नेपाल भरीका सबै आधिकारीक बिक्री केन्द्रहरु मार्फत बदल्न सकिने सुविधा रहेको RSM चौलागाईंले बताए। 

   मलंगवा स्थित बिरबलको खचडी होटमा आयोजना भएको मोबाइल लंचिङ कार्यक्रममा  मलंगवा लगायत जिल्लाका  विभिन्न ठाउँका मोवाइल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।




No comments:

Post a Comment