Friday, March 12, 2021

तेस्रो दिनको खेलमा गढीमाई जमुनिया १ सय ७६ रनले विजयी

 

लोकतन्त्र समाचारदाता---

मलंगवा,फागुन २८ 

   सर्लाहीको मलंगवामा जारी खुल्ला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा गढमाई जमुनिया क्रिकेट टिम पर्सा सामुदायिक क्रिकेट कल्बलाई १ सय ७६ रनले पराजित गरेको छ ।

      दुर्गा पुजा समिति जिल्ला विकास समिति चोक मलंगवा १० ले तीनबिघे मैदानमा आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेका गढीमाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थिए । गढीमाईका लागि इर्शाद खानले सर्वाधिक ८१ रन बनाएका थिए । ३५ बलमा खानले ९ छक्का प्रहार गरेका थिए । ७३ रनमै ६ विकेट गुमाएका जमुनियाका लागि खान र उमाकान्त यादवले ७ औं विकेटका लागि लामो साझेदारी गरेका थिए । यादवले १८ बलमा ४३ रन बनाएका थिए । पर्साका लागि लोकेन्द्र यादव र कमेश यादवले समान ३-३ विकेट हात पारएका थिए ।

२ सय २३ रनको लक्ष्य पच्छयाउन मैदानमा आएका पर्सा १३.१ ओभरमा अलआउट हुदैं केवल ४६ रन बनाउन सकेका थिए । गढीमाईको बलरका सामू पर्सा निरिह देखिएको थियो । पहिलो ओभरदेखि नै पर्साका खेलाडी दबाब महसुस गरेका थिए । पहिलो ओभरमा १ बनाउँदै दुई विकेट गुमाएपछि पर्साका टिम खेलमा फर्किन सकेन् । पर्साका दुई खेलाडी बाहेक अरुले दोहोर अंक समेत छुन सकेका थिएनन् ।

    पर्साका लागि सरोज यादवले सर्वाधिक १४ रन बनाएका थिए । पर्सालाई सस्तोमै समेट्ने क्रममा गढीमाईका जीवन यादवले सर्वाधिक ५ विकेट लिएका थिए । ३.१ ओभरमा ९ रन खर्चिदै यादवले ५ विकेट लिएको आयोजक समितिका सदस्य कलामुदिन अंसारीले जानकारी दिएका छन् । 

   गढीमाईका खेलाडी इर्शाद खानलाई समितिका सचिव दिनेश राय यादवले   म्यान अफ द म्याचको ट्रफी प्रदान गरेको  समिति सदस्य अंसारीले बताए ।

     भोली शनिवार सनराइज मदनपुर र जय माता दी मलंगवा न.पा २  बिच खेल हुने आयोजकले जनाएको छ । 

    खेल मैदानमा खेलप्रेमी दर्शकहरुको उल्लेखनीय भिड  रहने गरेको छ।

No comments:

Post a Comment