Friday, March 19, 2021

बाल विवाह विरुद्ध समाजिक अभियान्ता ,धार्मिक गुरु र स्थानिय सरकार बिच सम्बाद गरियो




राजिव साह---

सर्लाही,चैत ६

     सर्लाहीको सदरमुकाम मलंगवामा बाल विवाह अन्त्यको लागि  जिल्लाका समाजिक अभियन्ता, धार्मिक अगुवा तथा स्थानिय सरकार बिच सम्बाद कार्यक्रम सम्पन्न भएको छ । 

     राष्ट्रिय अन्तर धार्मिक संजाल ललितपुरको आयोजना तथा वर्ल्ड भिजन को सहयोगमा उक्त सम्बाद कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा सहभागी  नागरिक समाज सर्लाहीका महासचिव शिव चन्द्र चौधरीले बाल विवाह,दहेज प्रथा,छुवाछुत जस्ता कुप्रथाको अन्त्यका लागि तराई मधेसका जिल्लामा विशेष जनचेतना मुलक अभियानहरु संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।  बाल विवाह विरुद्ध गाउँ ,टोल र माध्यमिक विधालयमा  विशेष कार्यक्रमहरु गरि यसलाई  अभियानका रुपमा संचालन गर्न उहाँले सुझाव दिए । 


    बाल विवाह तथा  दहेज प्रथा न्यूनीकरणमा धार्मिक गुरुहरुको पनि  विशेष भुमिका भएकोले यसका लागि अन्तर धार्मिक संजाल मार्फत सर्लाही जिल्ला लगायत तराई मधेसका अन्य जिल्लाहरुमा विशेष कार्यक्रम संचालन गरिने अन्तर धार्मिक संजालका  राष्ट्रिय अध्यक्ष हर्ष थापाले बताए।  कार्यक्रममा आफ्नो भनाइ राख्दै मलंगवा  नगरपालिका मेयर निरसल साहले "बेटी बचाउ बेटी पढाउ" अभियान स्थानिय स्तरमा प्रभावकारी नभएकोमा दु:ख व्यक्त गरेका छन् । यस अभियानलाई आउने दिनमा अझ प्रभावकारी रुपमा अगाडि बढाएर  सफल पार्न  नगरपालिकाको तर्फबाट भरपुर सहयोग गर्ने कार्यक्रम मार्फत  मेयर साहले प्रतिबद्धता व्यक्त  गरेका छन् । 

    राष्ट्रिय अन्तर धार्मिक संजाल  जिल्ला अध्यक्ष डा. अब्दुल रहिम मिकरानीको अध्यक्षता तथा अन्तर धार्मिक संजाल ललितपुरका केन्द्रिय अध्यक्ष हर्ष थापाको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा  मेयर  साह, उपमेयर शान्ति सबनम मिकरानी, नगरिक समाज सर्लाहीका महासचिव चौधरी, नेपाल शिक्षक संघ सर्लाहीका जिल्ला अध्यक्ष कौशल किशोर यादव, जेष्ठ नागरिक लालकृष्ण झा,पुर्व प्रअ महेन्द्र प्रसाद कर्ण, अच्युतानन्द झा, अजय कुमार चौधरी लगायत विभिन्न समुदायका  धार्मिक गुरुहरु , स्थानीय जनप्रतिनिधिहरु लगायतको  सहभागिता रहेको थियो ।

     अन्तर धार्मिक संजालले सर्लाहीको चन्द्रनगर गाउँपालिका र हरिपुर नगरपालिकामा समेत  यस किसिमको सम्बाद कार्यक्रम सम्पन्न गरिसकेको  NIRN Nepal का जिल्ला सचिव तिलक क्षेत्रीले जानकारी दिए  ।

No comments:

Post a Comment