Saturday, March 13, 2021

चौथो दिनको T-20 क्रिकेट टुर्नामेन्टमा जय माता दी क्रिकेट टिम मलंगवालाई सनराइज मदनपुरले २८ रनले जित्यो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,फागुन २९

     आज चौथो दिनको  खुल्ला T-20 क्रिकेट प्रतियोगितामा सनराइज मदनपुर बिजयी भएको छ । सनराइजले जय माता दी क्रिकेट टिम मलंगवा न.पा. २ लाई २८ रनले पराजित गर्दै जित हासिल गरेको हो । 

   दुर्गा पुजा समिति जिल्ला विकास चौक मलंगवा न.पा-१० ले  आयोजना गरेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको सनराइज मदनपुरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ७८ बनाएका थिए । मदनपुरका लागि तौसिफ मिकरानीले ३५ बलमा सर्बाधिक ४७ रन बनाएका थिए । ४७ रन जोड्ने क्रममा तौसिफले ह्याट्रिक छक्का समेत प्रहार गरेका थिए । त्यसैगरी माजिद खानले २१ बलमा ४२ रन बनाएका थिए । सुरुको दुई ओभरमा ३० रन बनाउँदै मदनपुरले बिष्फोटक ब्याटिङ गरेका थिए । तर, ४ ओभरको खेल पछि बलिङ्ग गर्न आएका विशाल कुमारले सुरुवाती ४ विकेट लिएपछि मदनपुर दबावमा देखिएको थियो । ६ विकेट सस्तो मै गुमाएका मदनपुरका लागि तौफिस र माजिदले सातौं विकेटका लागि ७१ रनको साझेदारी गर्दै टिमलाई १ सय ७८ रनमा पूर्याएका थिए । 

१ सय ७९ रनको लक्ष्य पच्छयाउन मैदानमा उत्रिएका जय माता दी ले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ५८ रन बनाएका थिए । जय माता दी को लागि विकास कुमारले सर्बाधिक ३९ रन बनाएका थिए । मदनपुरलाई खेल जिताउनमा जाफिरल ३ र माजिदले २ विकेट हात पारेका थिए ।

   आज भएको खेलको म्यान अफ द म्याचको ट्रफी  ४२ रन र २ विकेट लिएका मदनपुरका खेलाडी माजिद खानलाई प्रदान गरिएको थियो

     आइतवार(भोली)को खेल ओम सहारा पञ्चकन्या मलंगवा र लक्ष्मी वान मलंगवाको बिच हुने आयोजक समितिका कोषाध्यक्ष साजन जयसवालले जानकारी दिएको छ। 

प्रतियोगिताको विजेता टिमलाई नगद रु एक लाख र उपविजेतालाई ५० हजार नगद दिइने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment