Thursday, March 4, 2021

नेपाल-भारत मैत्री संघ सर्लाहीको अध्यक्षमा सत्यनारायण अग्रवाल चयन


 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २०

  नेपाल भारत मैत्री संघ सर्लाही  शाखाको अध्यक्षमा सत्यनारायण अग्रवाल चयन हुनु भएको छ ।

   जिल्लाको सदरमुकाम मलंगवामा हालै सम्पन्न भएको मैत्री सभाले आगामी कार्यकालको लागि अग्रवालको नेतृत्वमा २२ सदस्य समिति गठन गरेको हो ।

   समितिको उपाध्यक्षमा रामानन्द मिश्र, सचिवमा सुवोधहरि शर्मा, कोषाध्यक्षमा जयप्रकाश अग्रवाल  र सदस्यहरुमा अमरनाथ जयसवाल,राम दर्शन राय,मुस्तफा हसन,विकास गोयल,जयनारायण महतो,अरुण कुमार कुवँर,विजय बजाज,गौतम सर्राफ ,गजेन्द्र प्रसाद गुप्ता ,नारायण चौधरी ,सुगन्ध कुमार गुप्ता ,राजेश प्रसाद गुप्ता ,सुशीला अमात्य,चुनु देवी,सुशील कुमार अग्रवाल,मुकेश प्रजापति र सुरेन्द्र साह सोनार रहनु भएका छन ।

     नव निर्वाचित अध्यक्ष अग्रवालले "मुलुकको विकासमा भारतको योगदान महत्वपूर्ण रहेको बताउँदै बेलाबेलामा सम्बन्धमा केही समस्यहरु आए पनि समाधानका लागि सरकार प्रतिवद्ध भएर लागेको उल्लेख गर्नुभयो"।

No comments:

Post a Comment