Sunday, March 14, 2021

विपन्न तथा टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत १

    बाल कल्याण समाज (CWS) रामनगर-२ ले सर्लाहीको  बलरा नगरपालिका-११ छतौनामा स्थानीय समाजसेवी उमेश कुमार सिंहको आर्थिक सहयोगमा १८ जना  विपन्न तथा टुहुरा स्कुले बालबालिकाहरुलाई  नि:शुल्क कापी,कलम,पुस्तक  लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको  छ ।

    आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षतामा बलरा न.पा-१० सुदामा स्थित विद्या मन्दिर बोर्डिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरि समाजसेवी सिंहले प्रति विद्यार्थी आठ थान काँपी,दस थान डट पेन, एक थान औजार बक्स , एक थान कलर बक्स र एक थान step by step किताब बितरण गरेको छ ।

   शैक्षिक सामाग्री वितरण पश्चात् ती सामाग्री उपलब्ध गराएर सहयोग पुर्याउनु हुने समाजसेवी  सिंह र कार्यक्रम संचालन गर्नका लागि सभाहल उपलब्ध गराउनु हुने विद्या मन्दिर बोर्डिङ स्कुलका संस्थापक भाग्यनरायण कुशवाहालाई संस्थाको तर्फबाट गमछा ओढाएर सम्मान गर्नुका साथै सम्मान पत्र प्रदान गरिएको कार्यक्रमका संचालक  कामेश्वर कुशवाहाले जानकारी गराए । 



No comments:

Post a Comment