Tuesday, March 9, 2021

मलंगवामा चारदिने निशुल्क आँखा शिविर चल्दै

 


 


सर्लाही ,फाल्गुन २५

     सर्लाहीको सदरमुकाम मलंगवामा चारदिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर संचालन भइरहेको छ ।

   समाजसेवी कल्याणकारी समाजको आयोजनामा संचालन भइरहेको उक्त शिविरको मलंगवा नगरपालिकाका मेयर निरसल साह र उपमेयर शान्ती सबनम मिकरानीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । फाल्गुन २४ गतेदेखि सुरु भएको शिविर फाल्गुन २७ गतेसम्म चल्ने आयोजक कमिटीले जनाएको छ ।

    शिविरको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर साह,उपमेयर मिकरानी,प्रजिअ हेमराज तामाङ , पुर्व सांसद लक्ष्मण राय,पुर्व प्रअ एवं सामाजसेवी महेन्द्र प्रसाद कर्ण लगायत आयोजक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

   शिविरमा नेपाली सेना र नेपाल प्रहरीले स्वयंसेवकको रुपमा सहयोग पुर्याइरहेका छन्। शिविर मलंगवा-१० स्थित सगरमाथा बोर्डिंङ स्कुलको प्राङ्गणमा चलिरहेको छ ।

No comments:

Post a Comment