Thursday, March 11, 2021

राप्रपा प्रदेश न-२ को अध्यक्षमा सर्लाहीका पुर्व सांसद रामचन्द्र राय चयन


लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन २७

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश २ सहित ५ ओटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरको  छ ।प्रदेश न-२ को अध्यक्ष पदमा सर्लाहीका पुर्व सांसद रामचन्द्र राय चयन हुनु भएको पार्टीले जनाएको छ।

     पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको हो । उपाध्यक्षमा सिरहाका महेशलाल महासेठ चयन भएका छन् । 

   त्यस्तै प्रदेश १ मा झापाका रामकुमार थापालाई अध्यक्ष र पाँचथरका सगुनसुन्दर लावतीलाई उपाध्यक्ष तोकिएको छ ।

   गण्डकी प्रदेशमा हेमजंग गुरूङ (लमजुङ) अध्यक्ष र गोरखाका महेश्वर रोका उपाध्यक्ष छन् । यस्तै लुम्बिनी प्रदेशमा प्रदीपकुमार उपाध्यय रूपन्देही अध्यक्ष हुन् भने रूपन्देहीकै कैलाश गुरूङ उपाध्यक्ष छन्। यस्तै कालिकोटका दिपबहादुर शाही कर्णाली प्रदेशका अध्यक्ष र सुर्खेतका जनकसिंह ठकुरी उपाध्यक्ष छन् । 

   राप्रपाले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा मनोनयन गर्न बाँकी राखेको जनाएको छ ।


No comments:

Post a Comment