Saturday, March 20, 2021

सर्लाहीमा बसबाट लागुऔषध गाँजासहित एक युवक पक्राउ

 

 



सर्लाही ,चैत्र ६

     सर्लाहीमा दुई किलो दुईसय ग्राम अवैध लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छिन।

      लालबन्दी नगरपालिका वडा न-७ स्थित भित्री बाटोमा चेक प्वाइन्ट राखेर सवारीसाधनहरुको चेकजाँच गर्ने क्रममा  बिहिवार दिउँसो साढे १२ बजे तिर सिन्धुलीको बरुण भन्ने स्थानबाट लालबन्दी तर्फ  आउँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा  लालबन्दी नपा -१४ डाइनीखोला घर बताउने तेजबहादुर मोक्तानका छोरा वर्ष १९ को सुवास मोक्तानको साथबाट रातो रंगको जेब्रा झोलबाट २ किलो २०० ग्राम लागुऔषध गाँजा बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले  जानकारी दिए। 

    बरामद गरिएको गाँजासहित मोक्तानलाई नियन्त्रणमा लिई थप कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।



No comments:

Post a Comment