Saturday, March 20, 2021

अवैध सालको गोलिया र काठ बरामद

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,चैत ६

     सर्लाहीको हरिपुर नगरपालिका-१ जनकीनगरबाट प्रहरीले ट्याक्टरमा लोड गरि राखेको  अवैध सालको गोलिया र चिरान गरेको काठ बरामद गरेको छ ।

     बिहीबार साँझ करिब ५ बजेको समयमा जानकीनगर स्थित को २ त ८४९६  नम्बरको ट्याक्टरमा  ७ वटा साल गोलिया र २६ वटा चिरान गरेको अन्दाजी ५८.४० क्युफिटको  काठ लोड गरि राखेको छ भन्ने प्राप्त खबरको आधारमा गएका प्रहरी टोलीले ट्याक्टरसहित गोलिया र काठहरु बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।    

    ट्याक्टर सहित  नियन्त्रणमा लिएको का

प्रतीक फोटो


ठ आवश्यक कार्वाहीको लागि  डिभिजन बन  कार्यालय लालबन्दी   पठाइएको प्रवक्ता कुवँरले जानकारी दिए । 

 



No comments:

Post a Comment